समाचारआइतबार, कार्तिक २२, २०७२

मधेश केन्द्रित दलको अवरोधपछि संसद् बैठक स्थगित

हिमालखबर

संसद अवराेधपछि नाराबाजीसहित बाहिरिदै मधेश केन्द्रित दलका सांसदहरु । तस्वीरः कपिल भट्ट

संसद अवराेधपछि नाराबाजीसहित बाहिरिदै मधेश केन्द्रित दलका सांसदहरु । तस्वीरः कपिल भट्ट

मधेश केन्द्रित दलको अवरोधपछि व्यवस्थापिका–संसद् बैठक स्थगित गरिएको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित ८ दलको अवरोधपछि २३ कात्तिक दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

३० साउनदेखि मधेश आन्दोलनमा होमिएका दलहरू प्रधानमन्त्री निर्वाचनपछि संसद् बैठकमा फर्किएका छन् । सडक र सदन दुवैबाट सरकारलाई दबाव दिने भन्दै उनीहरुले बैठक अवरुद्ध गरेका छन् ।

संविधान संशोधनको माग गर्दै राजमार्ग अवरुद्ध, मधेश बन्द, नाकाबन्दी र सरकारलाई असहयोग आन्दोलन गर्दै यी दलहरु आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>