समाचारआइतबार, कार्तिक २२, २०७२

कांग्रेसद्वारा संविधान संशोधनकाे माग

हिमालखबर

1446976827697_Pro_Ktm_ Samsad baithak (1)प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावमाथि छलफलको माग गरेको छ ।

२२ कात्तिकमा बसेको व्यवस्थापिका–संसद् बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले संशोधन प्रस्तावमाथि छलफलको माग राखेका हुन् ।

बिशेष समय लिएर बोल्दै पौडेलले मधेशका मुद्दाहरूलाई सम्बोधन गर्न संसद्मा दर्ता भएको संशोधन प्रस्तावलाई अघि बढाउन माग गरेका हुन् ।

भूकम्पले निम्त्याएको समस्या र सीमा अवरोधका कारण भएको आपूर्ति व्यवस्थाको दोहोरो मारमा मुलुक रहेको भन्दै त्यसको सामना गर्न सवै एक हुनुपर्ने पनि पौडेलले बताए ।

-कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>