समाचारसोमबार, कार्तिक २३, २०७२

नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन विपरीतः सभापति कोइराला

हिमालखबर

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले अन्तर्राष्ट्रिय कानून विपरीत भारतले नाकाबन्दी गरेको बताएका छन् ।

उपचारका लागि अमेरिकाको न्युयोर्क पुगेको कोइरालाले अघोषित नाकाबन्दी गलत र अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको बताए । उनले यो समस्यालाई कूटनीतिक पहलमा नै समाधान गर्नुपर्ने बताए ।

प्रधानमन्त्री पदको उम्मेदवारीको विषयमा प्रस्ट पार्दै सभापति कोइरालाले आफूले कसैको दबाब र करकापमा नभई पार्टीको निर्णयअनुसार उम्मेदवारी दिएको बताए ।

उनले सार्वभौम देशको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टीले लिएका कैयन निर्णयहरू वर्तमानमा नराम्रा देखिए पनि दीर्घकालीन रूपमा यिनै निर्णयहरू सही र दूरगामी प्रभाव पार्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>