समाचारसोमबार, कार्तिक २३, २०७२

सरकार–मोर्चाबीचको वार्ता स्थगित

हिमालखबर

तराई–मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच आज हुने भनिएको वार्ता स्थगित भएको छ ।

सरकारी वार्ता टोलीका संयोजक एवम् उपप्रधानमन्त्री कमल थापाले थप गहृकार्य नपुगेकाले वार्ता स्थगित गरिएको बताएका छन् । उनले ट्वीट गरेका छन्, ‘थप गृहकार्यको आवश्यकता महशुस गर्दै आज हुने भनिएको सरकार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको वार्ता स्थगित गरिएको छ ।’

मोर्चाले भने सरकारले पूर्वसर्त उल्लङ्घन गर्दै गिरफ्तारमा परेका कार्यकर्ता कुटिएकाले वार्तामा सहभागी नभएको बताएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>