समाचारसोमबार, कार्तिक २३, २०७२

नाकाबन्दी हटाउन भारतलाई नेपाल सरकारको औपचारिक आग्रह

हिमालखबर

नेपाल सरकारले सीमामा ६ असोजदेखि हुँदै आएको अवरोध हटाउन औपचारिक आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले अघोषित रुपमा लगाउँदै आएको नाकाबन्दी हटाउन औपचारिक निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री शेरधन राईले बताए ।

बैठकले मधेश आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई लगाइएको मुद्दा फिर्ता लिने प्रक्रिया शुरु गर्ने निर्णय समेत गरेको छ ।

यस्तै, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा एमाले नेता रिष्णु रिमाल र जनसम्पर्क सल्लाहकारमा निरुदेवी पाललाई नियुक्त गर्ने निर्णय समेत भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>