समाचारमंगलबार, कार्तिक २४, २०७२
ग्यास, तेलसँग राष्ट्रियता साट्दैनौँ: उपप्रम केसी
उपप्रधानमन्त्री चित्रबहादुर केसीले मुलुकलाई आत्मनिर्भर बनाउन कुनै कसर बाँकी नराखिने बताएका छन् ।
नाकाबन्दीको समस्याबारे अवगत गराउन पुगेका नेपाल सहकारी पत्रकार समाजको टोलीसँगको कुराकानीमा सहकारी तथा गरिबी निवारणमन्त्री केसीले नेपाली जनतालाई पीडा भए पनि राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ता खतरामा पारेर कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।
उनले भने, “जनजीविका अत्यन्त कष्टकर छ, तर पनि ग्यास, तेलसँग राष्ट्रियता साट्दैनौँ ।”
नाकाबन्दीका विषयलाई अन्तर्राष्ट्रियकरण गरेर तत्काल समस्या समाधान गरिने उनको भनाइ थियो ।
केसीले अर्थनीतिमा हेरफेर गर्न आवश्यक रहेको औँल्याएका थिए ।
समाजले कूटनीतिक पहल गरेर अहिलेको समस्या हल गर्न मन्त्री केसीलाई आग्रह गरेको थियो ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
