Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दाङमा ट्रकमा आगलागी - Himalkhabar.com

थप समाचारमंगलबार, कार्तिक २४, २०७२

दाङमा ट्रकमा आगलागी

हिमालखबर

Truck Aaglagi Picदाङमा भारतीय नम्वर प्लेटको ट्रकमा आगो लागेको छ ।

दाङको घोराहीमा केरा झारेर फर्किदै गरेको युपी ५५ सी ४०२५ नम्वरको ट्रकमा ४/५ जनाको अपरिचित समूहले आगजनी गरेको चालक सुकदेव यादवले दाबी गरे पनि घटनाबारे बुझ्दा कुनै समूहले आगो लगाएको नभई अरु नै कारणबाट आगो लागेको हुनसक्ने अनुमान गरेको छ ।

भारतको कृष्णनगरबाट केरा लिएर आएको ट्रक फर्किने क्रममा घोराही–लमही सडक खण्डको चौपट्टामा रोकेर सो समूहले आगजनी गरेको चालक यादवले बताए ।

आगो लागेर ट्रक ध्वस्त भएको दाङका प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिए ।

प्रहरीले ट्रकको अघिल्लो भाग र चक्का जलेको र घटनाको प्रकृति हेर्दा ट्रकको इन्जिनमै समस्या आएर आगो लागेको हुनसक्ने अनुमान गरेको छ । “घटना हेर्दा अरु कसैले आगो लगाएजस्तो देखिंदैन,” दाङका प्रहरी प्रमुख कुबेर कडायतले बताए ।

ट्रकमा आगलागी भएको जानकारी पाए लगत्तै घोराही नगरपालिकाबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

ट्रकमा एक जना नेपाली चढेको र आगलागी भएपछि अर्को गाडीमा चढेर गएको सूचना पाएपछि प्रहरीले बास्तविकता पत्ता लगाउन खोजी कार्य तीब्र बनाएको जनाएको छ ।
देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>