समाचारमंगलबार, कार्तिक २४, २०७२

वार्ता टोलीमा नबसे पनि सहजिकरणको काम गर्छौं: नेता पौडेल

हिमालखबर

Ram Chandra Poudelनेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले कांग्रेस सरकारी वार्ता टोलीमा नबसे पनि सहजकर्ताको भूमिका निर्वाह गर्ने बताएका छन् ।

२४ कात्तिकमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मधेशकेन्द्रित दलहरुलाई धर्ना र अवरोध छोडेर संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गरे । उनले सरकारलाई पनि आन्दोलनकारीका मागप्रति उदार हुन आग्रह गरे ।

आजै काठमाडौँ फर्किएलगत्तै मधेशकेन्द्रित दलसँग छलफल अगाडि बढाउने भन्दै नाका अवरुद्ध गर्दा आमनेपाली र यहाँको अर्थतन्त्र प्रभावित भएकाले यो कार्य रोक्न आग्रह गरिने बताए ।

मधेशको माग सम्बोधन गर्न आफूहरू लागिपरेको भन्दै सीमा अवरोध गरेर समस्याको समाधान नहुने उनले दोहोर्याधए ।

प्रस्तावसमेत संसद्माध दर्ता गराइसकेको भन्दै उनले थपे, “तपाइँहरूको माग पूरा गर्न हामीले संशोधन प्रस्ताव दर्ता गराइसकेका छौँ ।”

आन्तरिक कारणलाई देखाएर भारतले पारवहन अधिकार उल्लङ्घन गर्न नपाउने पौडेलको भनाइ छ । हाम्रो आन्तरिक कुरा हामी मिलाउँछौँ भन्दै उनले त्यसैलाई देखाएर भारतले नाकाबन्दी गर्न नहुने बताए ।

त्यस्तै कार्यबाहक सभापति पौडेलले पूर्ववर्ती सरकारले गरेका निर्णय वर्तमान सरकारले उल्टाउँदै गए सहयोग गर्न नसकिने बताएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>