समाचारमंगलबार, कार्तिक २४, २०७२

मधेशको समस्या समाधान नभएसम्म आपूर्ति सहज हुँदैनः भारतीय राजदूत

हिमालखबर

????????????????????????????????????

नेपालका लागि भारतीय राजदूत रञ्जित रेले एकदुई दिनमा नेपाल–भारत नाका सहज हुने भन्ने समाचारलाई हल्ला र अनुमान मात्रै भनेका छन् ।

२४ कार्तिकमा रिपोर्टस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वीरगञ्ज नाका सहज नभईकन नेपालमा आपूर्ति सहज नहुने बताए ।

“नेपालमा धेरै हल्ला र अनुमान चल्छ । नेपालमा ७० प्रतिशत आपूर्ति वीरगञ्ज नाकाबाट हुन्छ । अरु बाँकी नाकाबाट जति आपूर्ति गरे पनि यहाँको अवस्था सहज हुँदैन ।”

उनले मधेश आन्दोलन नसुल्झिएसम्म नेपालमा आपूर्ति व्यवस्था सहज नहुने बताए ।

राजनीतिक दलहरूले मधेशका समस्यालाई गम्भीरतापूर्वक लिएर राजनीतिक ढंगले समाधान नगरेसम्म वीरगञ्ज नाका नखुल्ने र वीरगञ्ज नाका नखुलेसम्म आपूर्ति व्यवस्था सहज नहुने रायको भनाई थियो ।

उनले भने, “नेपालको आन्तरिक समस्यालाई जति सक्दो सुल्झिन्छ, आपुर्ति व्यवस्था चाँडो सहज हुन्छ ।”

देशको आन्तरिक समस्या वार्ता र संवादको माध्यमबाट सुल्झाउनुपर्ने भन्दै रायले मधेशकेन्द्रीत दलहरूले उठाएका मागलाई सम्बोधन गर्नुपर्ने बताए ।

नेपालमा भारतविरोधी गतिविधि बढेको र जिम्मेवार राजनीतिज्ञहरूबाटै त्यस्ता अभिव्यक्ति आइरहेको भन्दै रायले, भारतको विरोध गरेर समस्या समाधान नहुने र यसले कसैको हित नगर्ने बताएका थिए ।

मन्त्रिपरिषद निर्णय जानकारी छैन

राजदूत रेले भारत सरकारलाई आपूर्ति तथा पारवाहन सहज बनाउन भन्दै मन्त्रिपरिषद बैठकले पारित गरेकोे विशेष प्रस्ताव बारे आफूलाई औपचारिक जानकारी नभएको बताए ।

उनले त्यस्तो प्रस्तावबारे आफूलाई औपचारिक जानकारी आए गम्भीरतापूर्वक अघि बढाउने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>