समाचारमंगलबार, कार्तिक २४, २०७२
म्याच फिक्सिङका आरोपी खेलाडी धरौटीमा रिहा
विशेष अदालतले म्याच फिक्सिङको आरोपमा पक्राउ परेका फुटबल खेलाडी र प्रशिक्षकलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
विशेष अदालतमा थुनछेकको वहसपछि प्रशिक्षक अन्जन केसी र खेलाडी रितेश थापालाई ५ लाख, सागर थापालाई १ लाख ५० हजार, सन्दीप राई र विकाससिंह क्षत्रीलाई ५०/५० हजार धरौटी लिएर छोड्न आदेश दिएको हो।
खेलाडीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा जन्मकैदको माग गर्दै मुद्धा दायर भएको थियो ।
खेल मिलेमती गरेबापत प्रतिखेलाडी ५ हजार डलरसम्म लिएको देखिएको प्रहरी दाबी छ।
अन्तर्राष्ट्रिय खेल मिलेमतो प्रकरणमा २७ असोजमा खेलाडी र प्रशिक्षक गरी पाँचजना पक्राउ परेका थिए।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
