समाचारमंगलबार, कार्तिक २४, २०७२

राष्ट्रिय स्वाभिमानलाई दाउमा राखेर कसैसँग झुक्दिनँ – प्रम ओली

हिमालखबर

pmप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमानलाई दाउमा राखेर कसैसँग नझुक्ने बताएका छन् ।

सिस्नुपानी नेपालले २४ कात्तिकमा काठमाडौंमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल भौगोलिकरुपमा सानो भए पनि इतिहासदेखि स्वाभिमानी रहेकाले त्यो स्वाभिमान अझ सुदृढ पार्ने दाबी गरे ।

भारतले लगाएको नाकाबन्दीविरुद्ध नझुक्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “नेपालले खुट्टा कमाउदैन, शिर झुकाउँदैन ।”

प्रधानमन्त्री ओलीले नाकाबन्दीका कारण जनताले दुःख कष्ट भोगेकाले समस्या लामो समयसम्म रहन नसक्ने बताए । भने, “यो समस्या लामो समयसम्म रहन दिइने छैन, केही दिनभित्रै सामान्य अवस्थामा फर्काउनेछौँ ।”

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सिस्नुपानी नेपालका कलाकारले नाकाबन्दी, संविधान निर्माण र राजनीतिक विकृति र विसङ्गतिकाविरुद्ध देउसी भैलोमार्फत बेजोड प्रस्तुति दिएका थिए ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले प्रधानमन्त्री ओलीको ‘क्यारिकेचर’ गर्दा उनीसँगै दर्शकदिर्घाबाट तालीले स्वागत गरिएको थियो ।
ओलीरुपी ‘धुर्मुस’को घरमा देउसी भैलो खेल्न गएका कलाकारले राष्ट्रिय स्वाभिमान कायम राख्न उनलाई आशिर्वाद दिएका थिए ।

सोही प्रसङ्गमा प्रधानमन्त्री ओलीले देउसीको आशिर्वाद शिरोधार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले देउसीभैलो कार्यक्रममा कलाकारले विकृतिलाई सिस्नुपानी हानेकाले राष्ट्रिय एकता मजबुत हुने विश्वास व्यक्त गरे ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देउसीभैलो कार्यक्रमले सबैलाई स्वाभिमानी हुन उत्प्रेरित गरेको बताएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>