समाचारबुधबार, कार्तिक २५, २०७२

नाकामा अवरोध अविलम्ब हटाऊः राष्ट्रसंघ

हिमालखबर

संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनका प्रवक्ता स्टेफेन डुजारिक

संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनका प्रवक्ता स्टेफेन डुजारिक

संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले नेपाल-भारत सीमामा भएको अवरोध अविलम्ब हटाउन आग्रह गरेका छन् ।

भूपरिवेष्ठित राष्ट्रले पाउनु पर्ने स्वतन्त्र पारवहनको अधिकार र मानवीय कारणले समेत अविलम्ब नाकाबन्दी हटाउन महासचिव वानले सम्बन्धित सबैपक्षलाई आग्रह गरेका हुन् ।

मंगलबार न्यूयोर्कमा आयोजित पत्रकार सम्मेलनमा महासचिव वानका तर्फबाट बोल्दै प्रवक्ता स्टेफेन डुजारिकले नेपालमा अत्यावश्यक वस्तु र सेवाको आपूर्तिमा अवरोध भएको प्रति ध्यानाकर्षण भएको दोहोर्‍याए ।

उनले इन्धनको आपूर्ति नहुँदा भूकम्प प्रभावित हिमाली क्षेत्रमा खाद्दान्न आपूर्ति गर्न, जाडो बढ्दै गएका बेला लत्ता कपडा पुर्‍याउन र आवास निर्माणका लागि समेत वाधा पुगेको बताए ।

नेपालमा अत्यावश्यक वस्तु र सेवाको अभाव भएकाले मानवीय कारणले पनि नाकाबन्दी अविलम्ब हटाउन महासचिवले आग्रह गरेको उनले बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>