समाचारबुधबार, कार्तिक २५, २०७२

मधेशमा भावनात्मक समस्याः पौडेल

हिमालखबर

Ram Chandra Poudelनेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले तराई–मधेशमा अहिले भावनात्मक समस्या रहेको दाबी गरेका छन् ।

मधेशमा हाल देखिएको समस्या पूरा गर्नका लागि नेपाली कांग्रेसले मध्यस्थता गरिरहेको बताउँदै पौडेलले देशभित्रकै एउटा भूगोल र अर्को भूगोलबीच भावनात्मक दरार पैदा भएको बताए ।

“मधेश र पहाडबीच मनोवैज्ञानिक दूरी बढेको छ र त्यो दूरी कम गर्न कांग्रेसले मध्यस्थता गर्छ,” पौडेलले भने ।

मधेशकेन्द्रित दलहरुले सरकारी वार्ता टोलीमा कांग्रेसलाई पनि सहभागी गराउन माग गरिरहेका बेला उनले आफूहरु सरकारी वार्ता टोलीमा सहभागी नहुने स्पष्ट पारे ।

रिपोर्टर्स क्लबको टोलीसँग उनले भने, “कांग्रेसले सरकार, मधेश केन्द्रित दलहरु र भारतबीच मध्यस्थता गरेर समस्याको समाधान गर्छ, हामी भोली नै मधेशी नेताहरुसँग छलफल गर्दैछौं ।”

उनले संविधानबारे बुझाउन नेपाली कांग्रेसले तराई–मधेशमा कार्यक्रमहरु पनि आयोजना गर्ने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>