Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मधेशी मोर्चाद्वारा मालवाहक गाडी तोडफोड र आगजनी - Himalkhabar.com

थप समाचारबुधबार, कार्तिक २५, २०७२

मधेशी मोर्चाद्वारा मालवाहक गाडी तोडफोड र आगजनी

हिमालखबर

मधशी मोर्चाका कार्यकर्ताले २४ कात्तिक राति वीरगञ्जको सुख्खा बन्दरगाहा (ड्राईपोर्ट) बाट गन्तव्यतर्फ जाँदै गरेका मालबाहक गाडीमा पेट्रोल बम प्रहार गरेका छन् ।

सिर्सिया ड्राईपोर्ट–परवानीपुर सडकखण्डको भवानीपुर चोकमा उनीहरुले सवारी साधनमा तोडफोड गर्नुको साथै पेट्रोल बम समेत प्रहार गरेका हुन् ।

मोर्चाका कार्यकर्ताले हानेको ढुङ्गाले लागेर तीनवटा गाडीको सीसा फुट्नुको साथै एउटा गाडीमा पेट्रोल बमबाट केही क्षति भए पन िआगो सल्किन पाएन ।

त्यस्तै आन्दोलनकारीहरुको अर्को समूहले घण्टाघर–माईस्थान क्षेत्रमा एउटा ट्रकमा आगजनी गरेका छन् ।

समान लोड गरिरहेको अवस्थामा आन्दोलनकारीहरुको समूहले ट्रकमा आगजनी गरेका हुन् । ट्रक आशिंक रुपमा जलेको छ ।
त्यस्तै घडीअर्वा क्षेत्रमा आन्दोलनकारीहरुले ३ वडा गाडीमा तोडफोड गरेका छन् ।

पछिल्लो एक सातादेखि स्थानीय प्रशासनले सुख्खा बन्दरगाहमा अलपत्र रहेका मालसमानहरु प्रहरी सुरक्षामा गन्तव्यतर्फ पठाईरहेको छ ।

भन्सारमा रेलमार्ग हुँदै तेस्रो मुुलुकबाट आएका १ लाख १५ हजार क्वीन्टल भन्दा बढी समान थन्किएका छन् ।

सप्तरीमा ट्रकमा आगजनी
सप्तरीको भारदहमा पनि मधेशी मोर्चाका कार्यकर्ताले मालबाहक ट्रकमा आगो लगाएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत भारदह १ स्थित कोशी व्यारेजमा मैदा बोकेको ना.५ख ९१६२ नम्बरको ट्रकमा २३ कात्तिक राति मोर्चाका कार्यकर्ताले आगो लगाएकोे प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले सप्तरीको पूर्व पश्चिम राजमार्गमा साँझ ६ बजेदेखि बिहान ७ बजेसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरी सवारीसाधनलाई सुरक्षा दिई पार गराउने गरे पनि मोर्चा कार्यकर्ताबाट हुने आक्रमण रोक्न पूर्ण सफल भएको छैन ।

सुरेश विडारी, वीरगञ्ज / श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>