समाचारबुधबार, कार्तिक २५, २०७२

एक वर्षमा देशलाई लोडसेडिङ मुक्त बनाउने प्रमको दाबी

हिमालखबर

kkpप्रधानमन्त्री केपी शर्मा ओलीले अर्को वर्ष हिउँदमा लोडसेडिङ नहुने दाबी गरेका छन् ।

सरकारले विद्युत उत्पादनलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने भन्दै ओलीले एक वर्षभित्रै नेपाललाई लोडसेडिङ मुक्त बनाउने बताए ।

वुधवार पाँचथरको रविमा किराँत धर्म गुरु फाल्गुनन्दको १३१ औं जन्म जयन्ती समारोहमा सहभागी भएका ओलीले देशलाई लोडसेडिङ मुक्त बनाउने स्पष्ट कार्ययोजना सहित सरकार अघि बढिरहेको दाबी गरे ।

उनले अहिले मुलुक चरम संकटबाट गुज्रिरहेकोले समाधानका लागि सवै नेपाली एक भएर लाग्नु पर्ने वताए पनि भारतीय नाकावन्दीका बारेमा भने केही बोलेनन् ।

आजै पाथिभरा देवीको दर्शन गरेर ओली राजधानी फर्कने कार्यक्रम छ ।

नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्री ओलीसँगै प्रधान सेनपाति राजेन्द्र क्षेत्री पूर्व सभामुख सुवास नेम्वाङ र कानुन तथा न्याय मन्त्री अग्नि खरेलले पनि पाँचथर र ताप्लेजुङको भ्रमण गरेका छन् ।

प्रधानन्त्रीले पाथिभरा जाने मोटरबाटो कालोपत्रे गर्ने र केबलकार निर्माण समेत लाई प्राथमिकतामा राख्ने बताए ।
लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>