समाचारबिहीबार, कार्तिक २६, २०७२
एमाओवादीद्वारा जिल्लाका चार नेता निष्कासन
पार्टी त्यागेर ‘नयाँ शक्ति’ निर्माणमा लागेका एमाओवादीका पूर्व वरिष्ठ नेता बाबुराम भट्टराईको पक्षमा लागेको भन्दै एमाओवादी चितवनले चारजना नेतालाई निष्कासन गरेको छ ।
उनीहरुलाई पार्टी सदस्यता नरहने गरी निष्कासन गरिएको एमाओवादी चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिए ।
उनका अनुसार यसरी निष्कासित भएकामा जिल्ला सदस्य रमेश रेग्मी अमर, विष्णुहरि तिमिल्सिना, जिल्ला परिषद् सदस्य उमाकान्त चापागार्इं, भरतपुर– ४ का अध्यक्ष कमलप्रसाद चापागार्इं रहेका छन् ।
पार्टीको नीति र निर्देशन विपरीत लागेकाले कारबाही गरिएको परियारले बताए ।
केही दिनअघि भरतपुरमा बाबुराम भट्टराई सहभागी कार्यक्रममा उनीहरू सहभागी थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
