समाचारबिहीबार, कार्तिक २६, २०७२

प्रधानमन्त्री ओलीलाई अमेरिकी राष्ट्रपतिको बधाई

हिमालखबर

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालको एकता, समृद्धि र विकासका लागि अमेरिका सँधै प्रतिवद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई सन्देश पठाउँदै ओबामाले प्रजातान्त्रिक संस्थाहरुलाई सुदृढ गर्न लागेको नेपालसँग काँधमा काँध मिलाएर हिँड्ने विश्वास दिलाएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नवनियुक्त अमेरिकी राजदूतले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपति ओबामाले अमेरिकी जनताले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट उठ्न लागेको नेपालको आर्थिक वृद्धि प्रयासका लागि पनि सहयोग गर्ने उल्लेख छ ।

सन्देशमा भनिएको छ –“संयुक्त राज्य अमेरिका नेपालको दीर्घकालीन आर्थिक वृद्धि प्रयासका रुपमा शताब्दी चुनौती संस्था९मिलेनियम च्यालेन्ज कर्पोरेसन०लाई नेपाल सरकारसँग मिलेर निरन्तरता दिन चाहन्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>