समाचारबिहीबार, कार्तिक २६, २०७२

कांग्रेस र मधेशी मोर्चाबीचको वार्ता तीहारपछि

हिमालखबर

नेपाली कांग्रेसले आन्दोलनरत मधेशकेन्द्रित दलसँग गर्ने भनिएको वार्ता तीहारपछि मात्रै हुने भएको छ ।

मधेशकेन्द्रित दलका नेताहरु दलका नेताहरु राजधानी बाहिर रहेकाले कांग्रेसले तीहारपछि मात्रै वार्ता गर्ने भएको हो ।

२५ कात्तिकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा भएको छलफलका क्रममा कांग्रेसको मध्यस्थतामा मधेशवादी नेतासँग वार्ता प्रक्रिया अगाडि बढाई समस्या समाधान गर्ने सहमति भएअनुरुप आज २६ कात्तिकमा वार्ताको मिति तय भएको थियो ।

“मधेशवादी दलका नेता तिहार मनाउन काठमाडौँ बाहिर गएकाले आज वार्ता हुन सकेन, अब भाइटीकालगत्तै वार्ता हुन्छ, वार्ताबाटै समस्याको समाधान खोजिनेछ” कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले भने ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>