थप समाचारशुक्रबार, कार्तिक २७, २०७२

मोदीविरुद्ध बेलायतमा प्रदर्शन (भिडियो सहित)

हिमालखबर

तस्वीर साभार: द गार्जियन

बेलायती प्रधानमन्त्री कार्यालय  डाउनिङ स्ट्रिट अगाडि भारतीय प्रधानमन्त्री विरुद्ध प्रदर्शन गर्दै नेपालीहरु । तस्वीर साभार: द गार्जियन

बेलायत भ्रमणका लागि लन्दन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध त्यहाँ रहेका नेपालीहरुले विरोध प्रदर्शन गरेका छन् ।

भारतले नेपालमाथि नाकाबन्दी गरेर मानवीय संकट निम्त्याएको भन्दै विहिबार भएको प्रदर्शनमा सयौं नेपालीको सहभागिता थियो ।

विरोध प्रदर्शन मोदी लन्डन उत्रिएकै दिन विहिबार स्थानीय समय अनुसार मध्याह्न १२ बजेदेखिद बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भएको हो ।

बेलायतका विभिन्न शहरबाट स्वस्फूर्त जम्मा भएका नेपालीहरुले भारत र प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध नारा लेखिएका ब्यानर र प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।

मोदी विरुद्धको प्रदर्शनमा भारतीय सिख, तमिल र कश्मिरी समुदायले समेत साथ दिएका थिए ।

guardian

तस्वीर साभार: द गार्जियन

प्रदर्शनमा गैरआवासीय नेपाली संघ बेलायत, प्रवासी नेपाली मञ्च यूके, नेपाली जनसम्पर्क समिति बेलायत सहितका विभिन्न संस्थाहरुले ऐक्यवद्धता जनाएका थिए ।

यसैबीच भारतीय मुलका बेलायतीहरुले पनि मोदी विरुद्ध प्रदर्शन गर्दैछन् । उनीहरुले प्रधानमन्त्री मोदीले देशमा असहिष्णुतालाई बढावा दिएको, साम्प्रदायिकता बढाएको आरोप लगाउँदै प्रदर्शन गरेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>