थप समाचारशुक्रबार, कार्तिक २७, २०७२
संघीयताबारे नयाँ ढंगले सोच्नु पर्छः खनाल
एमाले बरिष्ठ नेता झलनाथ खनालले संघीयतालाई अब संघीयताबारे नयाँ ढंगले सोच्नुपर्ने अवस्था आएको बताएका छन् ।
रिपोर्टस क्बल नेपालले २६ कात्तिकमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका खनालले तराईमा मेचीदेखि महाकालीसम्म दुई प्रदेशमात्रै बनाइए पनि समस्याको समाधान नहुने बताए ।
“संघीयताले नेपाललाई अगाडि बढाउन सक्छ कि सक्दैन, यो कतै असफल त हुँदैन भन्ने प्रश्नहरु देखापरेका छन,” खनालले भने, “पशुपतिनाथसँग कामना गर्छु संघीयता सफल होस् ।”
संघीयताको प्रस्थानविन्दू नै गलत भएको बताउँदै खनालले भने, हामीले मधेशमा दुई प्रदेश, पहाडमा कति प्रदेश भनेर प्रश्न उठाउनु नै यो देशको राष्ट्यि हित विपरित हुन्छ ।
संघीयतामा जाने नै हो भने पाँच विकास क्षेत्रकै स्वरुपमा न्यूनतम सहमति गरेर या उत्तर दक्षिण जोड्ने गरी जानुपर्ने उनको भनाई छ ।
तराईबासीलाई तराई र पहाडीलाई पहाडमात्रै दिने कुरा अव्यववहारिक र राष्ट्यि हितविपरित हुने खनालको भनाई थियो ।
संविधान जारी भएको खुशियाली मनाउन नपाउँदै छिमेकी भारतले नाकाबन्दी लगाएर विभिन्न सन्धी सम्झौता, पारवहान अधिकारकोे उल्लंघन गरेको उनले बताए ।
उनले भने, “तत्काल नाकाबन्दी हटने अवस्था देखिंदैन, जारी संकटको सामना कसरी गर्ने त्यसबारे सरकार र जनता तयार हुनुपर्छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
