Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नाकाबन्दीबाट महासचिव बान चिन्तित् - Himalkhabar.com

थप समाचारशुक्रबार, कार्तिक २७, २०७२

नाकाबन्दीबाट महासचिव बान चिन्तित्

हिमालखबर

banसंयुक्त राष्ट्रसङ्घका महासचिव बान कि–मुनले भारतको नाकाबन्दीले नेपालमा उत्पन्न संकटबारे चिन्ता व्यक्त गरेका छन् ।

महासचिव बान र नेपाली कांग्रेस सभापति सुशील कोइरालाबीच न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुधबार भएको भेटवार्ताको अवसरमा बानले उक्त चिन्ता व्यक्त गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका कोइरालाले नेपालमा समावेशी संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाएको बारे महासचिव बानलाई जानकारी गराएका थिए ।

महासचिब बानसँगको कुराकानीमा कोइरालाले गत वैशाखको भूकम्पको केही घण्टामा नै उद्धारमा आएको भारतले अहिले नेपालमा अत्यन्त जरुरी आपूर्तिमा अवरोध गर्नु अकल्पनीय भएको र त्यसबाट नेपालको अर्थतन्त्रलाई क्षतविक्षत बनाएको, सामाजिक जीवन अस्तव्यस्त बनाएको, विद्यालयहरु बन्द भएका र भूकम्पपीडितको व्यवस्थापन र पुनःनिर्माणलाई अवरुद्ध पारेको बारे समेत अवगत गराए ।

सीमामा भएको नाकाबन्दीले भूकम्पबाट भएको सात अर्ब डलर बराबरको क्षतिभन्दा पनि धेरै बढी र व्यापक क्षति भएको र यसले नेपाललाई मानवीय सङ्कटको अवस्थामा धकेल्नु कसैको हितमा पनि नहुने भेटपछि कोइरालाले जारी गरेको बक्तव्यमा उल्लेख छ ।

जनतालाई पीडा र कष्ट दिनुले देशमा उग्रवादलाई बढावा दिने भएकाले दक्षिण एशिया आतङ्कवादको तारो बनिरहेको सन्दर्भमा यो अवस्थाले यस क्षेत्र र वरपरको स्थितिलाई नाजुक बनाउने र यो कसैको हितमा पनि नहुने पनि उनले महासचिब बानलाई बताए ।
कोइरालाले पहाडी र मधेशी भनी विभिन्न जातजातिबीच विभाजनको रेखा कोरिनु ज्यादै चिन्ताजनक भएको पनि बानलाई अवगत गराए ।

पूर्व प्रधानमन्त्री कोइराला आफ्नो स्वास्थ्य परीक्षणको सिलसिलामा अमेरिकाको न्युयोर्कमा छन् ।

बानले पुनःनिर्माण प्राधिकरण गठनमा भएको ढिलाईबारे चासो व्यक्त गर्दै प्रजातान्त्रिक प्रक्रियाबाट असन्तुष्ट दलहरुको मागबारे समाधान गर्न पनि सुझाव दिएका छन् ।

भेटका अवसरमा पूर्व प्रधानमन्त्री कोइरालाले महासचिव बानलाई नेपाल संविधानसभाको माध्यमबाट एउटा समावेशी तथा प्रजातान्त्रिक संविधान जारी गर्न सफल भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>