थप समाचारशुक्रबार, कार्तिक २७, २०७२

म्यानमारमा सू ची को पार्टी अत्यधिक बहुमतले विजयी

हिमालखबर

Suu Kyi--621x414म्यानमारमा भएको आम निर्वाचनमा आंग सान सू ची को पार्टी नेशनल लिग फर डेमोक्रेसी अत्यधिक बहुमतले विजयी भएको छ।

घोषित असी प्रतिशत स्थानको मत परिणाम मात्रैले पनि सू ची को पार्टीले, नयां सरकार गठन गर्न सक्ने गरी दुई तिहाई भन्दा बढी स्थानमा जीत हासिल गरेको छ।

आगामी केही दिनमा म्यानमारको सैनिक नेतृत्वले ‘कु’ नगरेसम्म ताजा निर्वाचन परिणामले म्यानमारमा झण्डै पचास बर्ष लामो सैनिक शासन अन्त्य हुने छ।

सन् १९९० मा भएको आम निर्वाचनमा सू चीको पार्टीले हासिल गरेको जीतलाई सेनाले अवैध घोषणा गरेर उतलाई १५ बर्षसम्म घरमै नजरबन्दमा राखेको थियो।

अब म्यानमारमा आगामी जनवरी महिनाको अन्त्यसम्म नयां संसदको बैठक बसेपछि मात्रै संसदले नयां राष्ट्रपतिको चयन गर्नेछ।

म्यानमारमाको संसदमा २५ प्रतिशत स्थान सेनाको लागि छुट्याइएको छ । त्यती हुँदा हुँदै पनि सू चीको पार्टी बहुमत हासिल गर्न सफल भएको छ।

यसैबीच   सू चीले  राष्ट्रिय सहमित र मेलमिलापका लागि म्यानमारका राष्ट्रपति तथा सैनिक प्रमुखलाई आह्वान गरेकी छन् ।
बुधबारसम्म निर्वाचनको सबै परिणाम घोषणा नभइसकेको अवस्थामा उनले राष्ट्रपति र त्यहाँका सभामुखलाई पत्र पठाई सहमति र मेलमिलापका लागि पत्र लेखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छन् ।

म्यानमारको संविधानमा गरिएको ब्यवस्था अनुसार कसैको छोराछोरी विदेशी नागरिकका रुपमा जन्मेका छन् भने सो व्यक्ति देशको राष्ट्रपति हुन पाउंदैन। नेतृ आंग सान सू चीका दुवै छोरा बेलायती नागरिक भएकाले संविधानले उनलाई राष्ट्रपति बन्नबाट भने रोक्ने छ ।

सू चीले भने आफ्नो पार्टीको जीत भएमा देशको नेतृत्व आफूले नै गर्ने बताउंदै आएकी छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>