थप समाचारशुक्रबार, कार्तिक २७, २०७२
मधेशकेन्द्रित दलसँग वार्ता सार्थक बनाउने जिम्मेदारी दाहाल र थापालार्इ
उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले मधेशकेन्द्रित दलसँगको वार्तालाई सार्थक तुल्याउनका लागि प्रयत्न गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज, २७ कात्तिक साँझ बसेको बैठकले वार्ता प्रक्रियालाई परिणाममुखी बनाउने प्रयत्नका निम्ति सरकारी वार्ता टोलीका संयोजक एवम् उपप्रधानमन्त्री कमल थापा र समितिका संयोजक एवम् एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको छ ।
बैठकले वार्ता सफल पार्न आवश्यक प्रयत्न गर्नका लागि सरकारी वार्ता टोली संयोजक र समितिका संयोजलाई जिम्मेवारी दिइएको समितिका सदस्य एवम् एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राससलाई जानकारी दिए ।
“बैठकमा वार्ता कसरी सफल पार्ने भन्ने सन्दर्भमा छलफल भयो, उप्रपधानमन्त्री थापा र अध्यक्ष दाहालले आवश्यक परेमा प्रधानमन्त्रीसहित, प्रतिपक्षीदल नेपाली कांग्रेससँग आवश्यक छलफल गर्ने र मधेसी मोर्चाका नेतासँग छलफल गरी वार्तालाई निष्कर्षमा पुरयाउने जिम्मेवारी उहाँहरुमा छ,”– श्रेष्ठले भने ।
रासस