समाचारशनिबार, कार्तिक २८, २०७२

लन्डनमा नेपालीको प्रदर्शनले भारत चकित, प्रतिवेदन माग

हिमालखबर

nepal-london-1भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका क्रममा लन्डनका सडकमा नेपालीहरुले उनीविरुद्ध गरेको प्रदर्शनबाट भ्रमण टोली चकित भएको छ ।

नेपालीहरुको प्रदर्शनबाट चकित भएको भारतीय प्रधानमन्त्री कार्यालयले लन्डनस्थित भारतीय उच्च आयोगलाई बेलायती समाजमा नेपाली प्रभाव र प्रदर्शनकारीको संख्याबारे प्रतिवेदन पेश गर्न भनेको छ ।

लन्डनको १० डाउनिङ स्ट्रिटमा मोदी पुगेलगत्तै प्रदर्शनकारीहरुले उनी विरुद्ध नाराबाजी गरेका थिए । लन्डन स्क्वायरस्थित महात्मा गान्धीको शालिकमा माल्यार्पण गर्न पुगेका मोदी र बेलायती प्रधानमन्त्री क्यामरुनले नेपालीले गरेको नाराबाजी सुनेका थिए ।

त्यसबेला भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले ‘रिमुभ ब्लकेड’ लेखेका प्लेकार्ड बोकेर ‘ब्याकअफ इन्डिया,’ भन्दै नारा लगाइरहेका प्रदर्शनकारीलाई देखेका थिए ।

प्रदर्शनकारीहरुले मोदीलाई बेलायतमा रातो कार्पेट ओछ्याएर स्वागत गरिएकोमा विरोध गर्दै बेलायती प्रधानमन्त्री क्यामरुनले भारतले नेपालमा लगाएको नाकाबन्दी हटाउन दबाब दिनुपर्ने माग गरिरहेका थिए ।

“गुजरात दंगाविरुद्ध र सिख समुदायको प्रदर्शन अपेक्षित भए पनि, नेपालीहरुको प्रदर्शनले हामी चकित भएका छौं । उच्च आयोगले प्रतिवेदन पठाउने छ,” स्रोतले भन्यो ।

इन्डियन एक्स्प्रेसबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>