Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एमालेद्वारा वीरगन्ज पार्टी कार्यालयमा भएको आक्रमणप्रति भत्र्सना - Himalkhabar.com

थप समाचारशनिबार, कार्तिक २८, २०७२

एमालेद्वारा वीरगन्ज पार्टी कार्यालयमा भएको आक्रमणप्रति भत्र्सना

हिमालखबर

वीरगन्जस्थित आफ्नो पार्टी कार्यालयमा भएको आक्रमणप्रति नेकपा एमालेले निन्दा र भत्र्सना गरेको छ ।

आन्दोलनका नाममा योजनाबद्ध रूपमा पार्टी कार्यालयमा आक्रमण गरिएको भन्दै एमालेले कार्यालयमा भएको तोडफोड र आगजनीमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न समेत माग गरेको छ ।

“शान्तिपूर्ण आन्दोलनबाट आफ्ना माग राख्न सकिने प्रशस्त बाटा हुँदाहुँदै अपराधीका ढङ्गबाट गतिविधि सञ्चालन गर्नु गैरराजीतिक हर्कत हो”–एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मधेशी मोर्चाका कार्यकर्ताले आज, २८ कात्तिकमा एमालेको वीरगञ्ज जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।

यसअघि वीरगञ्ज एमालेले पार्टी कार्यालयमा चियापानको आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरेलगत्तै मोर्चाले विज्ञप्ति निकालेरै ‘चियापानका नाममा आन्दोलन विरोधी गतिविधि’ गर्न लागेको भन्दै आपत्ति जनाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>