थप समाचारशनिबार, कार्तिक २८, २०७२
इन्धनका नाममा एक ट्यांकर हवाई इन्धनमात्र
एक सातादेखि इन्धन आयात शून्य भएपछि झापाका उपभोक्ता तिहारका बेला चर्काे समस्यामा परे ।
पछिल्लोपटक २२ कात्तिकमा ३५ ट्यांकर इन्धन आएपछि इण्डियन आयल कर्पाेरेसनले नेपाल आयल निगमलाई फेरि इन्धन भर्न नबोलाएको आयल निगमको झापा चारआलीस्थित कार्यालयले जनाएको छ ।
त्यसयता २७ कात्तिकमा एक ट्यांकर हवाई इन्धन मात्र नेपाल भित्रिएको छ ।
निगम स्रोतका अनुसार २८ कात्तिकमा इन्धनको नाममा एक बुलेट ग्यास नेपाल भित्रिने जानकारी आएको छ ।
पेट्रेल र डिजेल पुग्दो नआँउदा यातायातका साधन एकदमै कम्ती चलेका छन् ।
यहाँका चोक र बस बिसौनीमा इन्धनको अभावमा सवारी साधनहरु थन्किएका देखिन्छन् ।
इन्धन नआँउदा झापाका काँकडभिट्टा, गौरीगञ्ज, भद्रपुर लगायतका नाकामा पारीबाट मोटरसाईकल र कारमा इन्धन भरेर नेपाल छिराइ महँगो भाउमा बेच्ने खुद्रे तस्करी मौलाएको छ ।
पश्चिम दक्षिण झापाको गौरीगञ्ज बजारका किराना, पान र औषधी पसलमा समेत बोतलमा भरेर बिक्रिको लागि पेट्रोल राखिएको छ । उपभोक्ता त्यस्ता पसलहरुबाट डेढसय देखि दुईसयरुपैयाँ प्रतिलिटरको भाउमा पेट्रोल किन्न बाध्य छन् ।
गौरीगञ्जकी एकजना पसले जुगल शाह दैनिक कम्तिमा आठसय लिटर पेट्रोल बेचिरहेको बताँउछन् ।
उनी भारत दिघलबैंकका चिनजानका दशजना भारतीय मोटरसाईकल चालकबाट पेट्रेल खरिद गर्छन ।
मेचीमा दैनिक पचासहजार लिटर पेट्रोल र डेढलाख लिटर डिजेलको माग रहेको छ ।
गोपाल गडतौला, झापा