समाचारआइतबार, कार्तिक २९, २०७२
मर्जादपुरबाट भारततर्फ चारचक्के सवारी साधन आवातजावतमा रोक
कपिलबस्तुको मर्जादपुर सीमा नाकाबाट भारततर्फबाट चारचक्के सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।
भारततर्फको खुनुवामा खटिएका भारतीय सुरक्षा बलले चारचक्के सवारी साधनमा पूर्ण रोक लगाउँदै मोटरसाइकल र पैदल यात्रुलाई पनि निकै कडाइका साथ आवतजावत गर्न दिएको छ ।
आफूहरुलाई माथिको आदेश आएका कारण सीमा नाकाबाट चारचक्के सवारी साधन आवतजावतमा रोक लगाइएको भारतीय सीमा सुरक्षा बलको खुनुवा कार्यालयले जनाएको छ । यद्यपी यो नाका उती चल्तीको र ठूलो नाका होइन ।
जिल्लाकै कृष्णनगर सीमा नाकाबाट भने निर्बाध रुपमा चार चक्केलगायत सवारी साधन सञ्चालनमा छन् ।
एक सय पचासी इन्धनका गाडी भित्रिए
चार दिनमा भारतको जोगवनी नाका भएर एक सय पचासी वटा इन्धनका गाडी भित्रिएका छन् ।
जोगवनी नाका भएर विराटनगर भन्सार कार्यालयको परिसरमा आज बिहान मात्रै १८ वटा डिजेल र पाँच वटा पेट्रोलको ट्यांकरका साथै चार वटा ग्यास बुलेट भित्रिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
रासस