Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाली चालकलाई स्थायी अनुमतिपत्र दिन चीनसँग माग - Himalkhabar.com

थप समाचारआइतबार, कार्तिक २९, २०७२

नेपाली चालकलाई स्थायी अनुमतिपत्र दिन चीनसँग माग

हिमालखबर

Kyirong2नेपाल र चीनका अधिकारीबीच सीमा क्षेत्रका गतिविधिका बारे यथेष्ट सुरक्षा व्यवस्था मिलाउन आज उत्तरी रसुवाको स्याफ्रुबेंसीमा छलफल भएको छ ।

सीमाक्षेत्रमा रहेका दुवै देशका सुरक्षा निकायले अवैध कारोबार पूर्ण रुपमा रोक्ने र नेपाल आयात हुने सामान लिन केरुङ जाने कन्टेनरका चालकलाई स्थायी अनुमतिपत्र र घुमफिरका लागि केरुङ जाने नेपालीका लागि एकदिने अनुमतिपत्र दिने व्यवस्था गर्न नेपाली अधिकारीले चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।

रसुवा जिल्लाभन्दा बाहिर जिल्लाका चालकहरू रसुवागढी नाकाबाट केरुङ जान नपाई स्थानीय चालक खोजेर कन्टेनर केरुङ पठाइदिनुपर्दा सवारीधनीलाई बढी व्ययभार भएको गुनासो ध्यानमा राख्दै स्थानीय प्रशासनको पहलमा दुई देशका अधिकारीबीच आज छलफल भएको प्रजिअ शिवराम गेलालले जानकारी दिए ।

छलफलमा नेपालका तर्फबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सीमा सुरक्षा बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि तथा चिनियाँ पक्षबाट सीमाक्षेत्र हेर्ने उच्च अधिकारी सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>