Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मिरा दौडिन् धरानदेखि दमकसम्म - Himalkhabar.com

खेलकुदसोमबार, कार्तिक ३०, २०७२

मिरा दौडिन् धरानदेखि दमकसम्म

हिमालखबर

तस्वीर: गोपाल गडतौला

तस्वीर: गोपाल गडतौला

विश्वचर्चित अल्ट्रा म्याराथन धावक मिरा राई सहित २५० जना धावक धरान–दमक ७२ किलोमिटर दौडमा सहभागी भएका छन् ।

मुगाधन कृष्णकुमारी राई स्मृती प्रतिष्ठानले आयोजना गरेको सो म्याराथन धरानको भानुचोकमा बिहान ६ बजे शुरुहुँदा सहभागी २५० धावक मध्ये ६ जनाले मात्र सो दुरी पूरा गरे ।

उक्त अप्रतियोगी म्याराथन ६ घण्टा ३० मिनटमा पूरा गरेकी मिरालाई प्रतिष्ठानले एकलाख पाँचहजार नगद सहित सम्मानित गरेको छ ।
पूर्व माओबादी लडाकु मिरा बिश्व अल्ट्राम्याराथन २०१५को उपबिजेता हुन ।

दौड पूरा गर्नेमा रन्धिप राई, तेजेन्द्र प्रधान, राजमान राई, बिमल कन्दङवा र सुरेन्द्र तामाङलाई पनि नगदसाथ सम्मानित गरियो ।

प्रतिष्ठानले भूकम्प पिडितको सहायताका लागि कोष संकलक बेलायती संस्था गो फण्ड मी मार्फत रकम संकलन गर्न अल्ट्रा म्याराथन आयोजना गरेको प्रतिष्ठानका एकजना संस्थापक गैह्रआवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष तथा बृटिश सेनाका खेल प्रशिक्षक राष्ट्र राईले बताए ।

प्रजातन्त्र सेननी स्वर्गीय मुगाधन राई र उनकी श्रीमती स्वर्गिय कृष्णकुमारीको सम्झनामा परोपकारी कार्य गर्न परिवारले सन २०१४ मा सो प्रतिष्ठान स्थापना गरेका हुन ।

राई दम्पतीका ६ मध्ये पाँचभाई छोराहरु राजेन्द्र, राष्ट्र, रन्धिप, राजेश, रोहित र रञ्जन मध्ये कान्छो रञ्जन बाहेकका पाँचभाई छोराहरु बृटिश सेनामा कार्यरत छन् ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>