खेलकुदसोमबार, कार्तिक ३०, २०७२

याक अट्याक माउण्टेन बाईकमा अजय पण्डित विजयी

हिमालखबर

yackविश्वकै उच्च हिमाली क्षेत्रमा आयोजना हुने याक अट्याक माउण्टेन बाईक रेसमा नेपाली रेसर अजय पण्डित क्षेत्री पहिलो भएका छन् ।

उनले निर्धारित ४५० किलोमिटर दुरी २३ घण्टा ६ सेकेण्डमा पार गरी उपाधी जितेका हुन् । विगत पाँच बर्षदेखि उनले प्रतियोगिताको उपाधी जित्दै आएका छन् ।

प्रतियोगितामा अष्ट्रेलियन रेसर पिटर बुटले २३ घण्टा ३४ मिनेट १५ सेकेण्डमा निर्धारित दुरी पूरा गरी दोस्रो भए भने तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली खेलाडी नारायण गोपाल महर्जनले २४ घण्टा १० मिनेट एक सेकेण्डमा निर्धारित दुरी पूरा गरेका थिए ।

प्रतियोगितामा चौथो स्थानमा नेपाली खेलाडी आयमान तामाङ र जापानी रेसर युकी ईकेदाले पाँचौ स्थान भेटाउन सफल भएका छन् ।

नोभेम्बर ७ तारिखमा काठमाडौँ देखि शुरु भएको याक अट्याक माउण्टेन रेस २०१५ मा सहभागी खेलाडीहरु काठमाडौँबाट नुवाकोट, धादिङ, गोरखा मनाङ हुँदै म्याग्दी पुगेर आज, २९ कात्तिकमा समापन भएको छ ।

अन्नपूर्ण पदमार्गको हिमाली भञ्ज्याङ थोराङला पास ५४१६ मिटर उचाई पार गरेर मुस्ताङ हुँदै म्याग्दीको तातोपानी पुगेर प्रतियोगिता समापन गरिएको थियो ।

बेलायती नागरिक फिल ईभान्सले अयोजना गरेको प्रतियोगितामा अमेरिका, बेलायत, स्विडेन, अष्ट्रेलिया, जापान, कोरिया, भुटान, नेपाल लगायत ९ देशका तिस जना रेसर सहभागी थिए ।

प्रतियोगितामा विजयी रेसरलाई नगद तिन लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।
यस्तै प्रतियोगितामा चौथो हुनेलाई नगद ५० हजार र पाँचौ स्थानमा आउने खेलाडीलाई पनि २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>