थप समाचारसोमबार, कार्तिक ३०, २०७२

घडी हराएको निहुँ बनाई सईले तीस हजार असुले

हिमालखबर

si

सई कृष्णप्रसाद बस्नेत

इलाका प्रहरी कार्यालय जीतपुर, बाराका सई कृष्णप्रसाद बस्नेतले घडी हराएको निहुँमा सर्वसाधारणलाई धम्की दिई रु. ३० हजार असुलेको पीडितले बताएका छन् ।

गत शनिवार, २८ कात्तिक बिहान इलाका प्रहरी कार्यालय जीतपुर नजिकै दुई स्थानीय बीच भएको झगडा छुट्ट्याउन पुगेका प्रहरी नायव निरीक्षक (सई) ले लगाएको घडी हराएको र उक्त घडी ल्याएर नदिए थुनिदिने धम्की दिंदै रकम माग गरेको पीडितहरुले बताए ।

प्रहरीको थुनिदिने धम्कीपछि झगडिया दुबै पक्ष मिलेर सई बस्नेतलाई ३० हजार रुपैयाँ दिएको प्रत्यक्षदर्शी जीतपुरका रमेश रामले बताए ।

स्थानीय मोतिलाल सहनी र शम्भु कलवारबीच काम गरेको रकमलाई लिएर झगडा भइरहेका बेला छुट्टयाउन पुगेका बस्नेतको घडी हराएको बस्नेतले बताएका छन् ।

प्रत्यक्षदर्शी रामका अनुसार बस्नेतले आफ्ने घडी नल्याइदिए झगडिया लगायत घटनास्थलमा रहेका सबैलाई थुन्ने धम्की दिंदै एकजनालाई पक्राउ गरी जीतपुर चौकीमा राखेका थिए ।

पक्राउ परेकालाई छुटाउन प्रहरी कार्यालयमा पुगेकाहरुसँग जीतपुरका एक ब्यापारीले बस्नेतको घडी रु एक लाख मूल्यमा अमेरिकाबाट ल्याइएको भन्दै एक लाख नै जरिवाना तिराउनु पर्ने बताएका थिए ।

तर, स्थानीयले आफूहरुले तीसहजार भन्दा बढी रकम जुटाउन नसक्ने बताएपछि बस्नेतले रु. ३० हजार लिएर पक्राउ परेकालाई छोडेको रामले बताए ।
पीड्ति शम्भु कलवारकी काकीले छठ पर्वको किनमेलका लागि जम्मा गरेको रकम प्रहरीमा बुझाउनु परेको भन्दै गुनासो गरिन् ।

पीड्ति मोतिलाल साहनीले सई बस्नेतले घडी लगाएको समेत आफूले नदेखेको तर, अनाहकमा रकम तिर्नु परेको बताए ।

यता सई बस्नेतले भने आफुले रकम लिएको अस्वीकार गरेका छन् ।

बस्नेतले आफ्नो हराएको घडी अमूल्य भए पनि आफूले कसैबाट एक रुपैयाँ समेत नलिएको दाबी गरे ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>