थप समाचारसोमबार, कार्तिक ३०, २०७२

बाराः प्रअ यादव माथि गोली प्रहार

हिमालखबर

बाराको सिम्रौनगढस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय नायकाटोलका प्रधानाध्यापक वृजकिशोर यादव माथि गोली प्रहार भएको छ ।

सिम्रौनगढ– ३ हरिहरपुुरस्थित आफ्नो निवासमा सुतिरहेका यादवमाथि राति करिब १ बजे झ्यालबाट गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पिठ्यूमा गोली लागेका यादवको अवस्था चिन्ताजनक रहेको बाराका प्रहरी उपरीक्षक लोकेन्द्र बहादुर मल्लले बताए ।

उनको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>