थप समाचारसोमबार, कार्तिक ३०, २०७२
ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु
बारामा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यू भएको छ ।
उद्योगको लागि कच्चा पदार्थ बोकेको लरी ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यू भएको हो ।
पर्साको सिर्सिया ड्राइपोर्टबाट फलामको कच्चा पदार्थ बोकेर प्रहरी स्कर्टिङ्गमा पथलैयातर्फ जाँदै गरेको ना.४.ख.२५९८ नं.को ट्रक २९ असोज राति अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालक र सहचालकको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक पुरुषोत्तम खड्काले बताए ।
ट्रक बाराको छातापिप्रामा अनियन्त्रित भइ सडक छेउमै रहेको रुखमा ठोक्किएको थियो ।
मृत्यु हुने चालक गोर्खा, ताप्लेका ५५ वर्षीय टंक बहादुर बानियाँ र सहचालक सोही ठाउँका १९ वर्षीय प्रमोद बोगटीको हुन् ।
श्याम गुप्ता, बारा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>