अर्थ/बजारसोमबार, कार्तिक ३०, २०७२

नेपाल बैंकको खुद नाफा ४४ करोड

हिमालखबर

nepal_bankनेपाल बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा रु ४४ करोड ४४ लाख खुद नाफा गर्न सफल भएको छ ।

बैंकको शेयर पूँजी रु ६ अर्ब ४६ करोड ५० लाख रहेको छ भने रु ७७ अर्ब ५४ करोड २५ लाख निक्षेप सङ्कलन गरी रु ५३ अर्ब नौ करोड ५९ लाख कर्जा प्रवाह गरेको छ ।

मुलुकको पहिलो बैंकका रुपमा रहेको नेपाल बैंक ३० कात्तिकदेखि ७८ वर्ष पूरा गरी ७९ वर्षमा प्रवेश गरेको हो ।

देशको आर्थिक विकासका लागि विसं १९९४ मा आजकै दिनमा नेपाल बैंक लिमिटेडको स्थापना भएको थियो ।

बैंकको ७९ औं वार्षिकोत्सवका अवसरमा मुख्य कार्यालय नयाँ सडकमा ३० कात्तिकमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले बैंकले आफ्नो बैंकिङ् सुधारको कार्यलाई निरन्तर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दै आगामी दिनमा आधुनिक बैंकिङ् सेवा तथा सुविधा उपलब्ध गराउँदै जाने बताए ।

बैंकको निष्क्रिय कर्जा ३.८२ प्रतिशत छ । निष्क्रिय कर्जा ५९ प्रतिशत पुगेपछि विसं २०५८ देखि सुधारका लागि भन्दै नेपाल राष्ट्र बैंकले यस बैंकलाई आफ्नो नियन्त्रणमा लिएको थियो भने विसं २०७१ मङ्सिरदेखि बैंक व्यवस्थापन शेयरधनीलाई हस्तान्तरण गरिएको थियो ।

वार्षिकोत्सवमा कार्यकारी अधिकृत शाहले बैंकमा २० देखि २५ वर्षसम्म निरन्तर सेवामा रहेका दुई दर्जनभन्दा बढी कर्मचारीलाई दीर्घसेवा पदक र प्रशंसापत्र प्रदान गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>