समाचारसोमबार, कार्तिक ३०, २०७२

कांग्रेसद्वारा लिखित सुझाव पठाउन निर्देशन

हिमालखबर

नेपाली कांग्रेसले आसन्न १३ औं महाधिवेशनमा विधान संशोधनका लागि लिखित सुझाव पठाउन निर्देशन दिएकोे छ ।

३० कात्तिकमा बसेको पार्टी विधान संशोधन समितिको बैठकले ‘वर्तमान विधानको अभ्यास र अनुभवको आधारमा के कस्ता सुधार र संशोधन गर्ने, संविधानसभाबाट राज्य पुनर्संरचना सहितको संविधान जारी भएको सन्दर्भमा पार्टी विधानमा के कस्ता व्यवस्था गर्न आवश्यक छ, भन्ने बिषयमा लिखित सुझाव पठाउन पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुलाई निर्देशन दिएको होे ।

समितिका संयोजक आनन्दप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको बैठकले आगामी २० मंसीरभित्र पार्टीको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी लिखित सुझाव पठाउन भनेको छ ।

यस्तै बैठकले केन्द्रीय सदस्य जीवन परियारलाई पार्टी विधान संशोधन समितिको सदस्य सचिव तोकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>