समाचारसोमबार, कार्तिक ३०, २०७२

आन्दोलनको स्वरूप परिवर्तन गर्न मधेशकेन्द्रित दललाई आग्रह

हिमालखबर

गृहमन्त्री शक्तिबहादुर बस्नेतले आन्दोलनको स्वरूप परिवर्तन गरी वार्ता र सहमतिका आधारमा संसद्बाट समाधान खोज्न मधेशकेन्द्रित दलसँग आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासङ्घद्वारा आयोजित बेपत्ता पत्रकारसम्बन्धी सञ्चालन गरिएको वेबसाइटको सार्वजनिक गर्दै मन्त्री बस्नेतले बन्द, हडताल र नाकाबन्दीका कारण मुलुकले ठूलो क्षति व्यहोरिरहेको अवस्थामा आन्दोलन स्थगन वा स्वरूप परिवर्तन गरी संवादका माध्यमबाट सबै समस्याको समाधान खोज्नुपर्ने र त्यसका लागि सरकार लचिलो हुने बताए ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकल आयोगले बेपत्ता पारिएका पत्रकारको खोजी कार्यलाई तीव्रता दिएको बताए । पाठकका अनुसार अहिलेसम्म एक हजार ८३ मानिस बेपत्ता छन् ।

पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सबैभन्दा बढी युद्धकालमा ३५ जना पत्रकारको हत्या वा शङ्कास्पद हत्या गरिएको बताए ।

बेपत्ता पारिएका पत्रकार मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, प्रकाशसिंह ठकुरी र मदन पौडेलको अवस्थाबारे राज्यले सार्वजनिक गर्नुपर्ने माग उनले गरे ।

पत्रकारको भौतिक सुरक्षाको सुनिश्चिततासँगै दोषीमाथि कडा कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

महासङ्घले हत्या र बेपत्ता गरिएको पत्रकारको अवस्था सार्वजनिक गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>