समाचारसोमबार, कार्तिक ३०, २०७२
पपुवा न्युगिनीद्वारा नेपाल २ विकेटले पराजित
आइसीसी वर्ल्ड लिग डिभिजन च्याम्पियनसिप अन्तर्गत आवुधाबीमा भएको खेलमा पपुवा न्युगिनीले नेपाललाई २ विकेटले हराएको छ।
युएईको अवुधाबीमा ३० कात्तिकमा भएको खेलमा नेपालले दिएको २३३ रनको लक्ष्य पपुवा न्युगिनीले तीन बल बाँकी छँदै ८ विकेट गुमाएर भेट्टायो ।
पपुवा न्युगिनीका लागि असद भालाले सर्वाधिक ८७ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको थियो।
———————————————————————————————————————–
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत अवुधाबीमा जारी खेलमा नेपालले पपुवा न्यूगिनीलाई २३३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको हो ।
यूएईको अबुधावीमा भइरहेको दोस्रो चरणको पहिलो खेलमा ओपनिङ ब्याट्सम्यान अनिल मण्डल पहिलो बलमै एलबीडब्लूको शिकार बने । सागर पुन २३ बलमा २ चौका मद्दतले १० रन र ज्ञानेन्द्र मल्ल २६ बलमा २३ रन जोडेर एलबीडब्लू आउट भए ।
शरद भेषवाकरले ७८, सुवास खकुरेलले ६३ र बसन्तले २४ रन बनाए । कप्तान पारस खड्का १६ बलमा ६ रन बनाएर आउट भए ।
सोमपाल कामीले ८ र मेहबुब आलम ३ रन मात्र बनाए भने शक्ति गौचन १ रनमा अविजित रहे ।
नेपाललाई आजको खेल जित्नैपर्ने वाध्यता छ । च्याम्पियनसिप अन्तरगतका पहिलो चरणका स्कटल्यान्डसँगका दुवै खेलमा पराजित नेपाललाई जितको दबाब छ ।
अर्कोतर्फ पहिलो चरणका आफ्ना दुवै खेल गुमाएकाले पपुवा न्यूगिनीलाई पनि उस्तै दबाब छ ।