Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वृत्तचित्रको उत्सव - Himalkhabar.com

रमझममंगलबार, मंसिर १, २०७२

वृत्तचित्रको उत्सव

हिमालखबर

दक्षिणएशियाकै सबैभन्दा ठूलो वृत्तचित्र महोत्सव फिल्म साउथ एशिया ३ मंसीरदेखि पाटनढोकास्थित यलमाया केन्द्रमा हुँदैछ।

जापान इन नागाल्याण्ड।

जापान इन नागाल्याण्ड।

वृत्तचित्र तथा गैरआख्यान चलचित्रको प्रोत्साहनका लागि आयोजना गरिंदै आएको चलचित्र महोत्सव, ‘फिल्म साउथ एशिया (एफएसए)’ को दशौं संस्करण ३–६ मंसीरमा ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा हुँदैछ।

दक्षिणएशियाका चलचित्रकर्मीको यो महोत्सवमा यस वर्ष ४३ चलचित्र प्रदर्शन गरिने छन्। चलचित्र सम्बन्धी कार्यशाला र छलफल श्रृंखला पनि समावेश गरिएको छ।

एफएसएको आयोजक फिल्म साउथ एशियाका अनुसार यस वर्ष स्कूल/क्याम्पसका विद्यार्थीका लागि ‘स्टुडेन्ट फिल्म’ विधा छुट्याइएको छ; जसमा ८ चलचित्र समावेश छन्।

निर्देशक ब्रेन्ट इ. हफमानको चलचित्र सेभिङ मेस अयानक मा अफगानिस्तानमा रहेको दुई हजार वर्ष पुरानो बौद्ध पुरातात्विक स्थलको संरक्षणमा लागिपरेका एक पुरातत्वविद्को कथा छ। तेस्रो लिंगीबारे निर्मित एक्सेक्स मा नताशा, सोनाली, कान्ति र आभाको सामाजिक संघर्ष देखाइएको छ।

पाकिस्तानको जालोजाई शरणार्थी शिविरको व्यथा समेटिएको अ वालनट ट्री’ देखि अभिनेता सलमान खानको नक्कल गर्ने भारतीय युवाको कथा समेटिएको बिइङ भाइजान पनि महोत्सवमा हेर्न पाइनेछ।

बिइङ भाइजान।

बिइङ भाइजान।

दक्षिणएशियालाई विश्वस्तरमा पुर्‍याउन र यो क्षेत्रको स्तरोन्नतिका लागि चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने भएकाले महोत्सव आयोजना गरिएको आयोजक संस्थाका प्रजेश राणा बताउँछन्।

महोत्सवमा हरेक वर्ष उत्कृष्ट तीन चलचित्रलाई पुरस्कृत गरिन्छ। जसमा प्रथमले ‘रामबहादुर ट्रफी’ सहित दुई हजार डलर, द्वितीयले एक हजार डलर र उत्कृष्ट डेब्यु फिल्मले एक हजार डलर प्राप्त गर्नेछन्।

महोत्सवको काठमाडौं प्रदर्शनमा उत्कृष्ट चलचित्रलाई ‘ट्राभलिङ फिल्म साउथ एशिया’ मार्फत दक्षिणएशियासहित विश्वका ५० भन्दा बढी शहरमा प्रदर्शन गरिने आयोजकले जनाएका छन्। सन् १९९७ देखि शुरु यो महोत्सव प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गरिंदै आएको छ।

महोत्सवमा विशेष
द टाइगरः रम्यता लिम्बूको यो वृत्तचित्रमा गरीबीको चक्रबाट मुक्ति पाउन संघर्षरत एक नेपाली परिवारको कथा समेटिएको छ।

ड्रइङ द टाइगर।

ड्रइङ द टाइगर।

कास्टअवे म्यानः केसाङ छेतनको यो वृत्तचित्रले मानवशास्त्री, लेखक तथा बुद्धिजीवी डोरबहादुर विष्टको जीवनी र विचार प्रस्तुत गरेको छ। बाहुनवादका कारण नेपालको विकास हुन नसकेको बताउने विष्ट सन् १९९६ देखि हराइरहेका छन्।

कास्टअवे म्यान।

कास्टअवे म्यान।

न्यूज फ्रम जाफ्नाः श्रीलंकामा प्रेस–स्वतन्त्रताको लडाईंमा उत्रिएका युवा पत्रकार थाड्स यो वृत्तचित्रमा देखिन्छन्। जाफ्ना शहरको तमिल पत्रिका ‘उथायन’ मा काम गर्ने थाड्स भने सन् २००७ बाट बेपत्ता छन्।

न्यूज फ्रम जाफ्ना

न्यूज फ्रम जाफ्ना

ह्वाट द फिल्डस् रिमेम्बरः १८ फेब्रुअरी १९८३ मा भारतको आसाममा झ्ाण्डै १८ सय बंगाली मुसलमानको हत्या गरिएको थियो। यो वृत्तचित्रले त्यही हिंसात्मक इतिहासका साक्षीको बयानसहित नरसंहारको भयावहता देखाउने प्रयत्न गरेको छ।

ह्वाट द फिल्डस् रिमेम्बर।

ह्वाट द फिल्डस् रिमेम्बर।

टुमरो वी डिस्एपियरः सन् २००९ मा भारत सरकारले २८ सय परिवार बस्ने कठपुतली कोलोनी बेचेपछि त्यहाँ द रहेजा फिनिक्स नामक अग्लो भवन निर्माण गरियो। कोलोनीमा बस्ने पुरन भट्ट, रहमान साह र माया पवारको कथा–व्यथा यस चलचित्रमा देखाइएको छ।

Tomorrow We Disappear

टुमरो वी डिस्एपियर

एफएसएमा अदूर
adurफिल्म साउथ एशियाको यो संस्करणमा प्रमुख अतिथिका रुपमा प्रसिद्ध भारतीय चलचित्र निर्देशक अदूर गोपालकृष्णन् काठमाडौं आउने भएका छन्। उनी भारतीय र खासगरी मलायालम सिनेमामा नयाँ धार ल्याउने निर्देशकका रुपमा प्रसिद्ध छन्।

सन् १९७२ देखि चलचित्र निर्माणमा सक्रिय अदूरले भारतको दादासाहेब फाल्के अवार्ड, पद्मविभूषण, पद्मश्री जस्ता राष्ट्रिय सम्मान पाइसकेका छन्। उनले १६ पटकसम्म ‘नेशनल फिल्म अवार्ड’ जितेका छन्।

नेपाल आएका वेला अदूरले मलायालम चलचित्र उद्योगमा स्वतन्त्र फिल्मको अवस्थाबारे प्रवचन दिनुका साथै नेपाली चलचित्रकर्मीका लागि विशेष कक्षा पनि चलाउने छन्।

एफएसएसँगको सहकार्यमा नेपाल इन्डिपेन्डेन्ट फिल्म मेकर्स सोसाइटीले यी कार्यक्रमहरूको सञ्चालन गर्नेछ। “प्राज्ञिक हिसाबले अदूर भारतीय फिल्म उद्योगकै हस्ती हुन्”, सोसाइटीका अध्यक्ष अनुप सुवेदी भन्छन्, “काठमाडौं आएका वेला उनीबाट नेपाली सिनेकर्मीले सिक्ने कुरा धेरै छन्।”

यसपटकको एफएसएमा छानिएका ४३ वटा वृत्तचित्रमध्ये अदूरको फिल्म निर्माण कलामाथि बनेको ‘फिट अपन दि ग्राउण्ड’ पनि रहेको छ। “अदूरको चलचित्र निर्माणशैली बौद्धिक घेरामा लोकप्रिय छ”, महोत्सवका अध्यक्ष कनकमणि दीक्षित भन्छन्।

महोत्सवका यसअघिका संस्करणहरूमा बलिउडका चलचित्र निर्देशक श्याम बेनेगल, गौतम घोष, तारिक मसुद, सइद मिर्जा, पत्रकार मार्क टली जस्ता चर्चित व्यक्तित्वले निर्णायकको भूमिका वहन गरिसकेका छन् भने भारतीय चलचित्र निर्माता तथा गीतकार गुल्जार, निर्देशक महेश भट्ट र अभिनेत्री शबाना आजमी अतिथिका रूपमा सहभागी भइसकेका छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>