समाचारमंगलबार, मंसिर १, २०७२
डोलेश्वर मन्दिरको पुनःनिर्माण प्यागोडा शैलीमा हुँदै
भूकम्प र त्यसपछिका परकम्पका कारण भत्किएको भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर मानिने डोलेश्वर महादेव मन्दिरको पुनःनिर्माण शुरु भएको छ ।
लिच्छविकालमा प्यागोडा शैलीमा निर्माण भएको सो मन्दिर १८९० सालको भूकम्पले चर्किएको र १९९० सालको महाभूकम्पले भत्काएपछि २००६ सालमा गुम्बज शैलीमा पुनःनिर्माण भएको थियो ।
डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले दुई वर्षभित्र लिच्छविकालमा बनेको जस्तै प्यागोडा शैलीमा रु चार करोड ५० लाखको लागतमा दुई तले मन्दिरमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ पुनःनिर्माण भइरहेको जानकारी दिए ।
मन्दिरको मूल भाग र २४ रोपनी क्षेत्रफलमा विभिन्न संरचनासहितको गुरुयोजनाअनुसार निर्माण सम्पन्न गर्न रु ५० करोड लाग्ने अनुमान गरिएको छ ।
डोलेश्वरको गुरुयोजनानुसार मन्दिरसँगै ढुङ्गेधारा, सत्तल, धर्मशाला, अतिथि सदन गृह, घाट, पाञ्चायन मन्दिर, देवी, गणेश, सूर्यनारायण, वृन्दावनलगायत विभिन्न भौतिक संरचना निर्माण गरिने भएको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
