समाचारमंगलबार, मंसिर १, २०७२

भारतमा हजारौंसँग नेपाली नागरिकता रहेकोे दाबी

हिमालखबर

भारतीय पत्रिका नवभारत टाइम्सले भारत उत्तर प्रदेशको महाराजगञ्ज जिल्लामा मात्रै २० हजार जनासँग नेपाली नागरिकता रहेको दाबी गरेको छ ।

पत्रिकाले सीमावर्ती जिल्लाका धेरैसँग दोहोरो नागरिकता भएको र यस्ता नागरिकताधारीहरु स्थानीय निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुने गरेको उल्लेख छ ।

पत्रिकाले महाराजगञ्ज बाहेक यूपीका सिद्धार्थनगर, बलरामपुर, बहराइच, गोंडा, श्रावस्ती र लखीमपुर जिल्लाहरुमा पनि हजारौंसँग नेपाली नागरिकता रहेको दाबी गर्दै निर्वाचनका बेला दोहोरो नागरिकतबाारे जाँच गरिने भनिने तर, त्यसपछि यो मुद्दा ओझेलमा पर्ने गरेको उल्लेख छ ।

उसले निर्वाचन आयोगलाई दोहोरो नागरिकताधारीबाट समस्या पैदा हुने गरेको पनि जनाएको छ ।

समाचारमा भनिएको छ, “महाराजगञ्ज जिल्लाको मात्रै ८० किमी सीमा नेपालसँग जोडिएको छ, जहाँका ४० गाउँहरुमा करिब २० हजारले दोहोरो नागरिकता लिएका छन् । उनीहरुसँग नेपाल र भारत दुवैदेशको नागरिकता छ ।”

समाचारमा सुनौली बजारमा मात्रै एक हजार जनाले दोहोरो नागरिकता लिएको समेत दाबी गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>