रमझममंगलबार, मंसिर १, २०७२

न्यूयोर्कको ब्रोडवे थिएटरमा पहिलोपटक नेपाली नाटक मञ्चन हुँदै

हिमालखबर

natakनाट्यकलाको शहर भनेर चिनिने न्यूयोर्क, म्यानह्याटनको ब्रोडवे थिएटरमा पहिलो पटक नेपाली नाटक मञ्चन हुँदैछ । आगामी डिसेम्बर १३ तारेख, आइतबार ‘जोडियोस् भत्किएका मनहरु’ नामक नाटक  हेर्न पाईनेछ ।

अशेष मल्लद्वारा लिखित ‘जोडियोस् भत्किएका मनहरु’ मञ्चन गर्न लागेको हो । सडक नाटकलाई नेपालमा स्थापित गर्ने अग्रज रंगकर्मी मल्लले यो नाटकमार्फत भूकम्पमा परि भत्किएका मनहरुलाई जोड्ने प्रयास गरेका छन् ।

मालती–मङ्गले र अमरसिंह जस्ता प्रसिद्ध नाटकमा जीवन्त अभिनय गरेर छुट्टै पहिचान बनाएका हरिबहादुर थापाले ‘जोडियोस् भत्किएका मनहरु’ को निर्माण र निर्देशन गर्दैछन् ।

थापा विगत दुई महिनादेखि न्यूयोर्कमै रहेका कलाकारहरुलाई लिएर यो नाटकको प्रशिक्षण दिइरहेका छन् । “मलाई न्यूयोर्कको रंगमञ्चमा नाटक देखाउने ठुलो रहर थियो , त्यो अब पुरा हुने संकेत देखिएको छ ,” थापाले भने

“विश्व रंगमंचको राजधानी शहर न्यूयोर्क, जहँ दिनहुं अनेक शैलीका सयौं नाटकहरु प्रर्दशन भैरहन्छन् । हामीले पनि त्यही व्यस्त ब्रोडवे थिएटरमा नेपाली भाषाको नाटक मन्चन गर्ने भएका छौ, त्यन्तै हर्ष लागेको छ,” नाटकका सहायक निर्देशक सहदेव पौडेलले भने ।

न्युयोर्कमा हुने विभिन्न रंगमञ्चिय प्रस्तुतिलाई दर्शक संख्याको आधारमा तीन भागमा विभाजन गरिन्छ । ब्रोडवे थिएटर न्युयोर्कको सबभन्दा ठुलो नाटक मञ्चन हुने ठाउं हो । ४० वटा व्यवसायिक रंगमञ्च रहेको ब्रोडवेमा सिट क्षमता ५०० देखि लगभग २००० सम्म हुन्छ । अफ ब्रोडवे थिएटर यो दोस्रो ठुलो नाटक मञ्चन हुने ठाउं हो जहां सिट क्षमता १०० देखि ४९९ सम्मका हुन्छन् । नेपाली नाटक ‘जोडियोस् भत्किएका मनहरु’ यहिं देखाइंदैछ ।

नाटकमा न्यूयोर्कमै रहेका नेपाली कलाकारहरु नदिया लिवांङ, संगीता उप्रेती, दीपिका श्रेष्ठ, सहदेव पौडेल, अनुज थापा, कृष् थापा, ज्योति कुमार श्रेष्ठ, क्रिष्टल थापा, दिलाष्मा रजक, यादव गौतम र विकास विष्टको अभिनय रहने छ ।

नाटकमा सहभागी कलाकारहरु ।

नाटकमा सहभागी कलाकारहरु ।

पत्रकार सम्मेलनमा नाटकमा पत्रकारकी भूमिका निभाइरहेकी दिपिका श्रेष्ठले २ मिनेटको प्रस्तुति दिएकी थिइन् ।

म्यानह्याटनको म्यानह्याटनको ब्रोडवे थिएटरमामा डिसेम्बर १३ तारिख ३ बजे र ७ बजे दुई शो हुंदैछ । नाटकका लागि २५, ५० र १०० डलरका टिकटहरु राखिएका छन् ।

ङिमा पाख्रिन,न्यूयोर्क

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>