समाचारमंगलबार, मंसिर १, २०७२
‘नेपाल चोक्ड बाई इण्डिया’ विश्वव्यापी ट्रेन्डिङमा
ट्वीटर प्रयोगकर्ताहरुले चलाएको ‘नेपाल चोक्ड बाई इण्डिया’ अहिले वल्र्डवाइड ट्रेन्डिङमा छ ।
नेपालमा भारतले लगाएको नाकाबन्दी विरुद्ध पाकिस्तानीले ट्वीटर प्रयोगकर्ता शुरु गरेको ‘नेपाल चोक्ड बाई इण्डिया’ पाकिस्तानमा एक नम्बरमा ट्रेन्ड गरिरहेको छ भने विश्वमा १० नम्बरभित्र परेको छ ।
यसअघि भारतीय नाकाबन्दीको विरोधमा ‘इन्डिया ब्लकेड्स नेपाल’ एक नम्बरमा ट्रेन्ड गरेको थियो भने ‘डोनेट ओयल टू इन्डियन एम्बेसी’ १० नम्बरभित्र परेको थियो ।
भारतले नेपालमाथि नाकाबन्दी गरेपछि इन्धनको चरम संकट भएको छ, औषधि लगायतका अत्यावश्यक वस्तुको आपूर्ति रोकिंदा अस्पतालमा शल्यक्रियामा कटौति भएको छ, भूकम्पपछिको पुनर्निर्माण हुन सकेको छैन ।
त्यसैगरी उद्योग, शैक्षिक संस्था र कलकारखाना बन्द भएका छन् । अर्थतन्त्र डामाडोल भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>