समाचारमंगलबार, मंसिर १, २०७२
पाँचथरमा छठ मनाइयो
पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइएको छ ।
पेशा, व्यवसायका सिलसिलामा पाँचथर आएका तराईबासीकोे अगुवाईमा पाँचथरका स्थानीय समेत सहभागी भएर छठ पर्व मनाएका हुन् ।
तराईमा धुमधामका साथ मनाइने छठ पर्व केहि वर्षदेखि पहाडी जिल्लामा पनि सामूहिक रुपमा मनाउन थालिएको छ ।
पाँचथर सदरमुकाम फिदिमको शिबमन्दिरसँगै रहेको कुण्डलाई सजाएर आज अस्ताँउदो सूर्यको आरधना गरिएको छ ।
छठ मनाउनका लागि यहाँ तीन वर्षदेखि सबै समुदायको सहभागितामा कार्यक्रमको आयोजना हुँदै आएको छ ।
लक्ष्मी गौतम, पाँचथर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>