Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पत्रकार युवराज श्रेष्ठमाथि आक्रमणको प्रयास - Himalkhabar.com

थप समाचारबुधबार, मंसिर २, २०७२

पत्रकार युवराज श्रेष्ठमाथि आक्रमणको प्रयास

हिमालखबर

shresthaपेट्रोलियम पदार्थको कालो बजारी सम्बन्धी समाचारको निहुँमा लमजुङमा पत्रकार युवराज श्रेष्ठमाथि आक्रमणको प्रयास भएको छ ।

लमजुङको बेसीशहर, रानीकुवा मुलपानीस्थित जयभद्रकाली आयल स्टोर्सका संचालक श्रीकान्त घिमिरे नेतृत्वको एक समूहले नेपाल पत्रकार महासंघ लमजुङ शाखाका सचिव एवं रेडियो मर्स्याङ्दीका समाचार प्रमुख युवराज श्रेष्ठमाथि आक्रमणको प्रयास गरेको हो ।

३० मंसीर राति ८ बजेतिर कोठामा रहेका पत्रकार श्रेष्ठमाथि आक्रमणको प्रयास भए पनि उनी जोगिन सफल भएका छन् ।

बेसीशहर– ९, शेरास्थित पत्रकार श्रेष्ठको डेरामा आक्रमणकारीहरु आउन लागेको सूचना पाएपछि उनले प्रहरीलाई खबर गरी आफू चुकुल लगाएर कोठामा बसेका थिए ।

आक्रमणकारीले श्रेष्ठ बस्ने घरको ढोका र झ्याल फोडिदिएका छन् । घटना हुँदै गर्दा प्रहरी आइपुगेपछि घिमिरेको नेतृत्वमा रहेका आक्रमणकारीहरु भागेका थिए ।

पत्रकार श्रेष्ठमाथि भएको आक्रमण प्रयासको नेपाल पत्रकार महासंघ लमजुङ शाखा, आदिवासी जनजाति पत्रकार महासंघ, रेडियो मर्स्याङ्दी लगायतले भत्र्सना गरेका छन् ।

यसैबीच प्रहरीले आक्रमणकारी श्रीकान्त घिमिरे लगायत १२ जनासँग बयान लिई कार्वाही अगाडी बढाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>