थप समाचारबुधबार, मंसिर २, २०७२

भारतीय राजदूतलाई प्याब्सनको ज्ञापन

हिमालखबर

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले इन्धन अभावका कारण लाखौँ विद्यार्थीले नियमित पठनपाठनको अधिकार नपाएको भन्दै नेपालका लागि भारतीय राजदूत रञ्जित रेलाई ज्ञापनपत्र बुझाएको छ ।

प्याब्सनका केन्द्रीय सचिवालयका पदाधिकारी, सल्लाहकार, सदस्य तथा काठमाडौँ उपत्यकाका तिनै जिल्लाका अध्यक्षको संयुक्त टोलीले बालअधिकार सुनिश्चितताका लागि ज्ञापनपत्र बुझाएको हो ।

तराई मधेश केन्द्रित दलको आन्दोलनको कारण सीमामा अवरोध भएको भन्दै भारतले इन्धन आपूर्तिमा अघोषित नाकाबन्दी लगाएका कारण आफ्ना विद्यालयका सवारीसाधन गुड्न नसकेको पत्रमा उल्लेख गरिएको प्याब्सनका अध्यक्ष लक्षबहादुर केसीले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>