समाचारबुधबार, मंसिर २, २०७२

इन्धन अभावप्रति जापानको चासो

हिमालखबर

Flag-of-Japanजापानले इन्धनलगायत अत्यावश्यक सामग्रीको अभावले नेपालीको दैनिक जीवनमा प्रतिकूल प्रभाव परेकोमा गम्भीर चिन्ता र चासो व्यक्त गरेको छ ।

इन्धन अभावका कारण भूकम्प प्रभावितलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय एवम् स्थानीय गैरसरकारी संस्थाले प्रभावकारी रुपमा मानवीय गतिविधि सञ्चालन गर्न नसकेको पनि जापानले जनाएको छ ।

काठमाडौंस्थित जापानी राजदूतावासले २ मंसीरमा एक विज्ञप्ति जारी गरी पारस्परिक सहयोग र समझदारीमा शान्तिपूर्ण ढङ्गले अहिलेको कठिन अवस्थाको अन्त्य गर्न सम्बद्ध सबै पक्षलाई सुझाएको छ ।

“भूकम्पपछिको पुनर्निर्माणको नेपालको प्रयासमा जापानले सक्रिय रुपमा निरन्तर सहयोग गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>