समाचारबुधबार, मंसिर २, २०७२
नेपालगञ्ज–रुपैडिहा नाकामा केहिबेर अवरोध
नेपालगञ्ज–रुपैडिहा सीमानाकामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले केहीबेर अवरुद्ध पारेका छन् ।
१२ जनाको समूहमा रहेका मोर्चाका कार्यकर्ताहरु दशगजा क्षेत्रमा बसेर करिब १२ बजेदेखि २ बजेसम्म नाका अवरुद्ध पारेको जमुनाहा प्रहरीले जनाएको छ ।
मोर्चाको अवरोधका कारण मालबाहक सवारी साधनहरु नेपाल प्रवेश गर्न पाएका थिएनन् ।
मोटरसाइकल, रिक्सा लगायत साना सवारीसाधनहरुमा भने कुनै अवरोध नगरेको प्रहरीले जनाएको छ ।
अहिले भने नाका विस्तारै सहज बन्दै गएको छ ।
मोर्चाका कार्यकर्ताहरु पनि दशगजामै छन्, तर उनीहरुसँग समन्वय गरेर गाडीहरु भित्र्याइएको जमुनाहा प्रहरीले जनाएको छ ।
केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>