Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नाकाबन्दी र आन्दोलनको मारमा बाराका किसान - Himalkhabar.com

थप समाचारबुधबार, मंसिर २, २०७२

नाकाबन्दी र आन्दोलनको मारमा बाराका किसान

हिमालखबर

तस्वीर: श्याम गुप्ता

तस्वीर: श्याम गुप्ता

भारतको नाकाबन्दीसँगै मधेशी मोर्चाले इन्धन ओसारपसार गर्न नदिएपछि बाराका किसानहरुको धान खेतमै अलपत्र परेको छ ।

इन्धन अभावमा ढुवानीको समस्या त छँदैछ त्यसमाथि दाइँ गर्नका लागि ट्रयाक्टर वा थ्रेसर चलाउनबाट पनि किसानहरु वञ्चित भएका छन् ।

मेसिन चलाउने इन्धन नपाए पछि धान दाइँ गर्न नपाएका किसानको धान खेतमा सुकेर झर्दैछ ।

खेतमा असुरक्षित रहेको धानमा मुसा र चराले पुर्‍याउने नोक्सानी सँगै शीत र पानीले भिजेपछि चामलको गुणस्तरमा पनि गिरावट आउने थप चिन्ता छ ।

रोपाइँका बेला पर्याप्त वर्षा नहुँदा बारामा कुल धान खेतको ७५ प्रतिशत मात्रै धान रोपिएको थियो । त्यसपछि धान खेतमा सिँचाइका लागि समेत इन्धन अभावले उत्पादन राम्रो हुन सकेन ।

जसोतसो गरेर खेतमा पाकेका भदैया, हर्दिया र साबीत्री धान काट्न किसान जुटे पनि दाइँ गर्नका लागि ट्याक्टरमा तेल नभए पछि गाउँघरका सबै ट्याक्टर यतिबेला थन्केका छन ।

तराई आन्दोलनलाई समर्थन गरेको भारतले अघोषित नाकाबन्दी गरे पनि सबै भन्दा मर्कामा यतिबेला तराईका जनता परेका छन् ।

यसअघि स्थानीय किसानहरुले सीमावर्ती भारतीय बजारबाट डिजेल र पेट्रोल ल्याएर काम चलाउने गरेकोमा मोर्चाका कार्यकर्ताहरुले त्यो पनि खोसेर पोखिदिने र जलाइदिने गरे पछि किसानलाई थप पीडा भएको छ ।

नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्लाहरुमध्ये बारा तेस्रो हो ।

श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>