समाचारबुधबार, मंसिर २, २०७२

मोर्चाका मागबारे छलफलका लागि समिति बनाउने दाहालको प्रस्ताव

हिमालखबर

dahalएमाओवादी अध्यक्ष पुष्पकमल दाहाले मधेशी मोर्चाका मागबारे छलफल गर्न राजनीतिक समिति बनाएर निष्कर्षमा पुग्न सकिने बताएका छन् ।

आज, २ मंसीरमा भएको वार्तामा आफूले मोर्चाका पूरा गर्न सकिने मागहरु पूरा गर्दै जाने र थप छलफल गर्नुपर्ने विषयमा छलफल गरेर टुंग्याउन प्रस्ताव गरे पनि मोर्चाका नेताहरुले एकै पटक ‘प्याकेज डिल’ गर्नुपर्ने माग राखेकाले सहमति हुन नसकेको दाहालले बताए ।

“उहाँहरुले प्याकेजमै डिल गरौं भनेपछि मैले समिति बनाएर जाने प्रस्ताव गरेको छु,” दाहालले भने ।

उनले मोर्चाका मागहरुमा छलफल गर्न संसदीय समिति बनाएर वा प्रमुख दलहरु र मोर्चाका शीर्ष नेताहरु सम्मिलित विशेष राजनीतिक समिति बनाउने प्रस्ताव राखेको पनि जानकारी दिए ।

यसबारेमा मोर्चा र अन्य दलहरुबीच अनौपचारिक छलफल गरेर ठोस प्रस्तावसहित अर्को बैठक बस्ने उनले बताए ।

यद्यपी मोर्चासँग अर्को बैठकको मिति भने अनिश्चित नै छ ।

अर्को पटक कांग्रेस पनि सहभागी हुने
एमाले, एमाओवादी र मधेशी मोर्चाबीच आज भएको वार्तामा सहभागी नभएको प्रमुख प्रतिपक्षी कांग्रेस अर्को पटकको वार्तामा सहभागी हुने पनि दाहालले जानकारी दिए ।

“मोर्चाका माग पूरा गर्न नेपाली कांग्रेसको सहमति पनि आवश्यक भएकोले मैले वार्ताका लागि रामचन्द्र जीलाई खबर गरेको थिएँ, तर उहाँले २४ घण्टा अगाडि नै खबर नगरेकाले आउन नसकिने भन्नुभयो,” दाहालले भने, “अर्को पटकको वार्तामा भने आउँछौ भन्नुभएको छ ।”

कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>