Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
औषधिका तीन सय गाडी नाकामा - Himalkhabar.com

थप समाचारबिहीबार, मंसिर ३, २०७२

औषधिका तीन सय गाडी नाकामा

हिमालखबर

medicineमुलुकको प्रमुख भन्सार नाका वीरगन्ज नजिकै भारतीय सीमामा सयौँको सङ्ख्यामा औषधि र औषधिजन्य कच्चा पदार्थ बोकेका मालबाहक गाडी थन्किएका छन् ।

औषधिको आयात हुन नसकेपछि अहिले शल्यक्रिया तथा मुटुरोगसम्बन्धी औषधिको अभाव शुरु भएको छ । शल्यक्रिया गर्दा प्रयोग हुने उपकरण, स्लाइन तथा हृदयाघात हु“दा प्रयोग हुने औषधि तथा अक्सिजनको अभाव भएको छ ।

भारतको नाकाबन्दी र केही मधेशकेन्द्रित दलको आमहडतालका कारण गन्तव्यसम्म पुग्न नपाएपछि ती गाडी भारतीय सीमामा नै थन्किएका हुन् ।

“नेपालका लागि आयात गरिएका ३०० भन्दा बढी औषधि र औषधिजन्य कच्चा पदार्थ बोकेका ट्रक सीमावर्ती भारतीय सहर रक्सौलमा थन्किएका छन्” – नेपाल औषधि व्यवसायी महासङ्घका उपाध्यक्ष प्रकाश खण्डेवालले भने, “औषधिजस्तो अत्यावश्यक जीवन रक्षक वस्तु लामो समयसम्म सीमा क्षेत्रमा रोकिंदा असमान तापक्रमका कारण गुणस्तरमा समस्या आउन सक्ने हुँदा यसतर्फ सबै पक्ष अत्यन्त संवेदनशील हुनुपर्छ ।”

मानवीय जीवनका लागि अतिआवश्यक पर्ने औषधि बोकेको ट्रक नेपाल भित्रिन नसक्नु ज्यादै दुःखद अवस्था हो भन्दै उपाध्यक्ष खण्डेवालले तीन महिनादेखि रक्सौलमै थन्किएका औषधि बिग्रने सम्भावना उच्च रहेकाले आयात गरिएका केही ट्रकको औषधि रक्सौलमै गोदाम भाडामा लिएर राख्नुपर्ने बाध्यता रहेको बताए ।

भारत र तेस्रो मुलुकबाट आयातीत अधिकांश औषधि वीरगन्ज भन्सार नाका हुँदै नेपाल भित्र्याउने गरिन्छ ।

“आयातीत सामान बन्दका कारण लामो समयसम्म सीमापारि नै थन्किएकाले औषधि उद्योगका लागि चाहिने आवश्यक कच्चा पदार्थ र इन्धनको अभावले उद्योग कलकारखानासमेत सञ्चालन हुन सकेको छैन” –खण्डेवालले भने, “औषधिजन्य कच्चा पदार्थ सीमावर्ती भारतीय नाकामा रोकिँदा वीरगन्ज पथलैया औद्योगिक करिडोरका अधिकांश औषधि उद्योगको उत्पादनसमेत ठप्प भएको छ ।”

सरकारले औषधि उद्योगलाई आवश्यक पर्ने इन्धन र आन्तरिक पारवहनमा सहजीकरण गरिदिएमा औषधि अभाव हुन नदिने जिकिर औषधि उद्योग सञ्चालकको छ ।

“औषधि उद्योगलाई प्राथमिकताका आधारमा इन्धन उपलब्ध गराउनुपर्छ”, नेपाल फर्मास्युटिकल्स प्रालिका सञ्चालक अरविन्द अमात्यले भने ।”

सञ्चालक अमात्यले औषधिको अभावमा तत्कालै कुनै पनि नेपालीले मर्नुपर्ने अवस्था भने नरहेको पनि जानकारी दिए ।

नेपालमा स्लाइन, एन्टिबायोटिक, सोडा बायो कार्बोनेट, पोटासियम क्लोराइड, एट्रोमिन तथा सुईजन्य औषधिको भण्डारणमा कमी देखिएको चिकित्सकको भनाइ छ ।

नेपालमा वार्षिक करिब रु ३५ अर्ब मूल्य बराबरका औषधि भारत र तेस्रो मुलुकबाट आयात भइरहेको नेपाल औषधि व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार विदेशबाट आयातीत औषधिमध्ये ५५ प्रतिशत औषधि भारतबाटै आउने गरेका छन् ।

भारतबाट आयात हुने भारतीय उत्पादनका औषधि तीन महिनादेखि पूर्ण रुपले रोकिएको बताउँदै खण्डेवालले औषधि आयात हुन नसक्दा अहिले शल्यक्रिया र मुटुरोगसम्बन्धी औषधिको चरम अभाव मुलुकमा देखिन थालेको बताए ।

भारतबाट आयात हुने औषधिमध्ये रु १२ अर्ब मूल्य बराबरका औषधिजन्य शल्यक्रियासम्बन्धी सामान मात्र नेपाल भित्रिने गरेका छन् । स्वदेशी उत्पादनले कुल मागको ४० प्रतिशत मात्र औषधि उत्पादन गर्न सकेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>